काठमाडौं–५ मा कांग्रेसबाट प्रदीप पौडेलले गरे उम्मेदवारी दर्ता

लोकपथ
623
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आसन्न निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो क्षेत्र नं ५ को निर्वाचन कार्यालयमा पुगेर पूर्वमन्त्री समेत रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेल सोही क्षेत्रबाट यसअघिको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

उसो त सो क्षेत्रमा नेकपा एमालेबाट ईश्वर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कमल थापा चुनावी मैदानमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?