काठमाडौं । कञ्चनपुर क्षेत्र नं ३ मा नेपाली कांग्रेसले रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै विरोध भएको छ ।
कञ्चनपुर–३ मा कांग्रेसका लेखक पक्षका कार्यकर्ताहरुले सभापति गगनकुमार थापा र उपसभापनि विश्वप्रकाश शर्मा र पुष्पा भुसालको विरोध जनाएका हुन् ।
लेखक योग्य रहँदारहँदै टिकट नदिइएको भन्दै आक्रोशित कार्यकर्ताहरुले गगन–विश्वप्रकाशको पुत्ला समेत जलाएका छन् ।
जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकमाथि चौतर्फी आलोचना भएको भन्दै कांग्रेसले टिकट दिएको थिएन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट हरिबहादुर बोहरालाई उम्मेदवार बनाइएको छ ।
आक्रोशित कार्यकर्ताहरुले सो क्षेत्रमा रमेश लेखक जस्तो नेता नपाउने भन्दै आफूहरुले सो निर्णय नमान्ने समेत चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया