काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
श्रेष्ठले मंगलबार सर्लाहीको हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया