प्रचण्डले गरे रुकुम पूर्वमा उम्मेदवारी दर्ता

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को निर्वाचनका लागि प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका प्रचण्डले आगामी निर्वाचन नयाँ क्षेत्रबाट लड्न लागेका हुन् ।

उनले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि आफू र आफ्नो पार्टीलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपील गर्दछु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?