काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
झापा क्षेत्र नं ५ स्थित निर्वाचन कार्यालयमा पुगेर ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।
झापाको सो क्षेत्रमा ओली निरन्तर जित्दै आइरहेको क्षेत्र हो । त्यसो त यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

जेनजी आन्दोलनपछि ओलीसँग कटाक्ष गरिरहेका बालेनले आगामी निर्वाचन उनकै क्षेत्रमा लड्ने घोषणा गरेका थिए । सोही अनुसार बालेन सोमबार मात्रै झापा पुगेका थिए । ओली पनि निर्वाचनको उम्मेदवारी मनोनयनका लागि सोमबार नै झापा पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया