पाल्पा–२ मा एमालेबाट तेस्रोपटक उम्मेदवार परिवर्तन, ठाकुर गैरेले नै पाए टिकट

लोकपथ
707
Shares

पाल्पा । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ । पार्टीले अन्तिम चरणमा उम्मेदवार परिवर्तन गर्दै गैरेलाई टिकट दिएको हो ।

यसअघि पाल्पा–२ मा एमालेले विष्णु पौडेल र रामबहादुर राउतलाई उम्मेदवार बनाइसकेको थियो । तर निर्वाचन नजिकिँदै जाँदा पार्टीले पुनः निर्णय परिवर्तन गरेको हो ।

एमालेले उम्मेदवार परिवर्तन पार्टीको आन्तरिक रणनीति अनुसार गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?