टिकट बाँड्ने कुनै प्रक्रिया र बैठकमा म सामेल छैन : पूर्णबहादुर खड्का

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको टिकट बाँड्ने कुनै पनि प्रक्रियामा आफू सामेल नभएको दाबी गरेका छन् ।

देशका धेरै जिल्लाहरुमा टिकट समेत वितरण भइसकेको अवस्थामा पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले सो कुरा बताएका हुन् ।

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति बनेपछि पार्टीभित्र विवाद चुलिँदो छ । तर मंगलबारको मनोनयनका लागि सोमबार सभापति थापाको नेतृत्वको संसदीय बोर्डले टिकट वितरण गरिरहेको छ ।

यता खड्काले भने आफू कुनै पनि बैठक र टिकट बाँड्ने कुनै पनि प्रक्रियामा सामेल नभएको दाबी गरेका हुन् ।

‘पार्टीका आदरणीय साथीहरु । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रकृयामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारी समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु ! कसैमा भ्रम नरहोस्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?