काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ को निर्वाचनका लागि देशभर उम्मेदवार टुंगो लगाएको छ ।
हाल नेकपामा तीन पूर्वप्रधानमन्त्री रहेका छन् । जसमध्ये नेकपाबाट २ पूर्वप्रधानमन्त्रीहरुलाई मात्रै अघि सारेको छ ।
नेकपाका संयोजक समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुम र सहसंयोजक रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार बनेका छन् । त्यसो त अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भने टिकट दिइएको छैन । यता राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई समेत नेकपाले टिकट दिएन ।
झण्डै दुई दर्जन वाम घटक शक्तिहरु मिल्दा पार्टीको आकार ठूलो भए पनि यसपटक भने नेकपाले अधिकांश नयाँलाई अवसर दिएको छ । अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्षहरु लेखनाथ न्यौपानेदेखि रञ्जित तामाङसम्म समेटिएका छन् । न्यौपानेलाई गोरखा–१ र तामाङलाई झापा क्षेत्र नं ५ बाट उम्मेदवार बनाइएको छ ।
यस्तो छ सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया