काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
त्यससँगै खरेल आगामी निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् । केही समयअघिदेखि खरेल रास्वपा प्रवेश र उम्मेदवार बन्ने तयारीका साथ परामर्शमा रहेका थिए ।
उसो त रवि र बालेनको एकतापछि सामाजिक सञ्जालमा उनले सांकेतिक रुपमा समर्थन जनाएका थिए । अन्तरिम सरकारको मन्त्री रहेका खरेल कुनै दलप्रति लचक भएको भन्दै आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया