काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जुम्लामा विनिता कठायतलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ ।
कठायत यसअघि पिछडिएको क्षेत्रबाट रास्वपाको समानुपातिक सांसद रहेकी थिइन् । सभापति रवि लामिछानेले कठायतलाई सोमबार उनलाई टिकट दिएका हुन् ।
उनले देशमा वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता गहिरिँदै गइरहेको अवस्थामा आफूलाई रास्वपाले विश्वास गरेको भन्दै खुसी व्यक्त गरेकी छन् ।
‘देशभर वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता गहिरिँदै गएको यस ऐतिहासिक घडीमा, रबि–बालेनलगायत सबै देशभक्त शक्तिहरू एकताबद्ध हुँदै अघि बढिरहेको सन्दर्भमा, मलाई राष्ट्रिय स्वतन्त्र पार्टी बाट जुम्ला जिल्लाको प्रतिनिधित्व गर्दै प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट प्राप्त भएको जानकारी गराउन पाउँदा गर्व महसुस गर्दैछु,’ उनले भनेकी छन् ।
त्यसो त एउटा मात्रै निर्वाचन क्षेत्र भएको जुम्लामा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले प्रत्यक्षमा जितेका थिए । आगामी निर्वाचनमा समेत राप्रपाले जुम्लामा शाहीलाई नै उठाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया