काठमाडौं । नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ ।
एमालेले यसअघि कृष्ण थापालाई उम्मेदवार बनाएकोमा आज परिवर्तन गर्दै रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अहिले पोखरामै रहेका आचार्यले आफू भोलिको तयारीमा जुटेको जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया