काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई उम्मेदवार बनाएको छ ।
सोमबार रास्वपाका नेता गणेश पराजुलीले तामाङलाई टिकट दिएका हुन् ।
सामाजिक अभियन्ताको छवी बनाएकी तामाङ धादिङ क्षेत्र नं १ बाट रास्वपा उम्मेदवार बनेकी हुन् ।
त्यसो त रास्वपाको समानुपातिक उम्मेदवार छनोट हुँदा समानुपातिक प्रतितिधित्व हुन नसकेको भन्दै चर्को आलोचना समेत गरेकी थिइन् ।
तामाङ लामो समयदेखि सामाजिक काममा सक्रिय रहँदै आइरहेकी छन् । उनको शैलीलाई लिएर आलोचना समेत हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया