दाङ–१ मा नेकपाबाट मेटमणिले टिकट पाए, पूर्वमुख्यमन्त्री कुलप्रसादको चेतावनीले काम गरेन

लोकपथ
441
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ । 

दाङ–१ मा साबिक एकीकृत समाजवादीका मेटमणि उम्मेदवार हुने कि साबिक माओवादीका कुलप्रसाद केसी (सोनाम) भन्नेमा विवाद थियो । तर सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेटमणिलाई टिकट दिएका हुन् ।

दाङ क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी यसअघि दुई पटकसम्म सांसद निर्वाचित भइसकेका छन् ।

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले आफूले टिकट नपाए बागी उम्मेदवार बन्ने बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?