काठमाडौं । चुनावी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचन लड्ने तयारी गरेका उनले आज सोमबार राजीनामा दिएका हुन् ।
‘प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको छु, आज बिदा भएकाले दर्ता हुन पाएन, भोलिसम्ममा स्वीकृत होला,’ बब्लुले लोकपथसँग भने ।
उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि टिकट पाइनसकेको बताए।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयले विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया