काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको छ ।
निर्वाचन आचारसंहिता लगायतका विषयमा कुरा गर्न कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहित आयुक्तहरु डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरासहितको टोली बालुवाटार पुगेको हो ।
अहिले बालुवाटारमा आयोग र सरकार पक्षबिच छलफल जारी रहेको छ । छलफलमा सबै मन्त्रीहरु समेत सहभागि रहेका छन् ।
आजको बैठकमा आगामी फागुन २१ को निर्वाचनको आचारसंहिता लगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसो त विभिन्न राजनीतिक दलहरुले निर्वाचनमा उम्मेदवारी मनोनयनको मिति सार्न निवेदन समेत दिएका छन् । माघ ६ गते मंगलबार मनोनयनको मिति तोकिए पनि नेपाली कांग्रेसभित्र देखिएको विवादका कारण केही दिन मिति पर सार्ने तयारी समेत रहेको बताइएको छ ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग पुगेर आधिकारिकता सम्बन्धी विवादबारे अदालतमा रिट दायर गरेको जानकारी गराउँदै केही दिन मनोनयनको मिति पछि सार्न आग्रह गरेको छ ।
त्यस्तै अन्य कतिपय दलहरुले समेत निर्वाचनमा टिकटको विषय टुंगो नलागेको भन्दै मनोनयनको मिति सार्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया