काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पुनः निर्वाचन आयोगमा पुगेको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएपछि रुष्ट रहेको देउवा पक्षले आइतबार (आज) त्यसविरुद्ध सर्वोच्चमा रिट समेत दिइसकेको छ ।
शुक्रबार आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको थियो ।
आज कांग्रेसको देउवा पक्षका प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरु पार्टीभित्र आन्तरिक विवाद रहेका कारण त्यसलाई हल गरेर जानुपर्ने भन्दै आयोगमा पुगेका हुन् ।
साथै उनीहरुले सर्वोच्चमा दायर गरेको रिटको प्रतिलिपिसहित आयोगमा पुगेका हुन् । त्यसो त कांग्रेसले माघ ६ गतेको प्रतिनिधि सभा उम्मेदवारीको कार्यक्रम केही पर सार्न समेत माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया