चुनाव लड्न नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज आइतबार पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्न लागेकाले उनले राजीनामा दिएका हुन् । एक महिनाअगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका छन् । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो । 

२०७० सालमा मकवानपुर र २०७४ मा गोरखाबाट चुनाव लडेका श्रेष्ठले २०७६ मा राष्ट्रिय सभा सदस्य निर्वाचनमा जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?