बालेनले आज मेयर पदबाट राजीनामा दिँदै, राजीनामालगत्तै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिने भएका छन् । मेयर पदबाट राजीनामा दिएपछि आजै दिउँसो २ बजे उनी रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै छ ।

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन् । केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम तय भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?