काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन तथा जनसभा गर्ने भएको छ ।
बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो भृकुटीमण्डपमा हुने कार्यक्रममार्फत एमालेले आगामी निर्वाचनप्रति जनताको ध्यानाकर्षण गर्ने र आफ्नो राजनीतिक एजेण्डा प्रस्तुत गर्ने बताइएको छ ।
मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको छ ।
जनप्रदर्शनमा पार्टीका नेताहरूले सम्बोधन गर्ने र निर्वाचन तयारीका सम्बन्धमा जनतालाई जानकारी दिने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया