देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाँदै

लोकपथ
350
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको देउवा समूहको बैठकले कानुनी लडाइँ लड्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा दाबी प्रस्तुत गरे पनि मान्यता नपाएपछि देउवा पक्ष सर्वोच्च अदालत जान लागेको हो । 

निर्वाचन आयोगले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई नेपाली कांग्रेसको आधिकारिकता दिएपछि देउवा समूह असन्तुष्ट बनेको छ ।

देउवा समूहले निर्वाचन आयोगको निर्णय विधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमार्फत न्याय खोज्ने जनाएको छ । यससँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब कानुनी प्रक्रियामा प्रवेश गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?