विष्णु पौडेलको निर्वाचन क्षेत्र फेरबदल, पाल्पा–२ बाट उम्मेदवारी

लोकपथ
287
Shares

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आगामी प्रतिनिधिसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर–२ बाट उम्मेदवार हुने भएका छन् ।

शनिबार बसेको एमालेको सचिवालय बैठकले उनलाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि रुपन्देही क्षेत्र नम्बर–२ बाट निर्वाचन जित्दै आएका पौडेल यसपटक पाल्पाबाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन् । 

यता, रुपन्देही क्षेत्र नम्बर २ मा भने एमालेले अहिलेसम्म कसैलाई पनि उम्मेदवारका रूपमा सिफारिस गरेको छैन । एमालेले रुपन्देहीका क्षेत्र नम्बर १, २ र ४ का उम्मेदवारबारे निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछि गर्ने गरी खुला राखिएको जनाएको छ ।

सचिवालय बैठकले रुपन्देही क्षेत्र नम्बर-३ बाट वासुदेव घिमिरे र क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिँदै उम्मेदवार टुंगो लगाउने प्रक्रिया अघि बढाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?