काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ । आसन्न निर्वाचनका लागि उम्मेदवार तय गर्ने मुख्य एजेन्डासहित बैठक बोलाइएको हो ।
पार्टीले यसअघि नै जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनसम्बन्धी सिफारिस प्राप्त गरिसकेको छ । ती सिफारिसका आधारमा सचिवालय बैठकमा छलफल गरी अन्तिम टुंगो लगाउने तयारी रहेको बताइएको छ ।
यसका साथै बैठकमा कांग्रेस विभाजनलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिए । पार्टीको आगामी रणनीति र चुनावी तयारीलाई थप व्यवस्थित बनाउने विषयमा समेत बैठक केन्द्रित रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया