संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैन : सुनिल शर्मा

लोकपथ
385
Shares

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले निर्वाचन आयोगले आधिकारिकता दिएको नयाँ नेतृत्वलाई संस्थापन पक्षका नेताहरूले स्वीकार गरेर अघि बढ्नु अनिवार्य रहेको बताएका हुन् ।

डा.शर्माका अनुसार, संस्थापन पक्षमा भएको उत्पीडनका कारण विशेष महाधिवेशन आवश्यक परेको र नयाँ नेतृत्व मिलाएर लैजाने जिम्मेवारी नवनिर्वाचित सभापति गगन थापाको रहेको छ । उनले सभापति थापा र उपसभापति शरमैसहितका नेताहरूले संस्थापन पक्षका नेताहरूलाई समेटेर पार्टी एकतामा ल्याउने विश्वास व्यक्त गरे ।

उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लैले चुनाव लड्ने र बहुमत प्राप्त गरी सभापति थापालाई प्रधानमन्त्री बनाउने दाबी पनि गरेका छन् । उनका अनुसार, पार्टी भित्र भएको प्रतिस्पर्धा लोकतन्त्रको स्वभाविक प्रक्रिया हो र विधि तथा विधान भित्र रहेर मात्र विवादको समाधान गर्नुपर्नेछ ।

डा। शर्माले भने, ‘अधिवेशन भइसकेको छ, अब यसलाई स्विकार्नु र पार्टीलाई मिलाएर लैजानु बाहेक अर्को विकल्प छैन। नेताहरूले आफ्नो इगो त्यागेर काँग्रेसलाई एकढिक्का बनाउनु पर्छ। आगामी निर्वाचनमा काँग्रेससँग ठुलो प्रतिस्पर्धा हुँदैन र नयाँ टिमले मेजरिटी ल्याउनेछ ।’

उनले स्पष्ट पारे कि देउवा पक्ष ओलीसँग गठबन्धन गर्न नजानेछ र पार्टी सिंगल चुनाव लडेमा २६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा हुनेछन् । साथै, कांग्रेस विभाजित नभएको र अब पार्टी भित्र विवादको ठाउँ नरहेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?