अब पार्टी भित्रको रोक सकियो, सबै एकठाउँमा उभिनु पर्छ : सभापति थापा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णयलाई स्विकार्दै पार्टी एकताको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् ।

केन्द्रीय समिति बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  यस्तो बताएका हुन् । 

उनले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका खेल्ने अपेक्षा पनि राखेका बताए ।

गगन थापाले भने, ‘उहाँहरूले देशभरिका साथीहरूलाई भन्दिनुपर्छ, अब यो रोक सकियो ।’ उनले पार्टीका वरिष्ठ नेता शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि यस्तै भूमिका आशा गरेको बताए ।

उनले भने , ‘अब चाँडै सबै कांग्रेस नेताहरू र सदस्यहरू एकै ठाउँमा बसेर छलफल र निर्णय गर्ने अवस्था तयार हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?