काठमाडौं । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवादबारे गरेको निर्णयप्रति कांग्रेसको संस्थापन पक्षले असन्तुष्टि जनाएको छ ।
गगन थापा पक्षलाई आयोगले आधिकारिकता दिएपछि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो निर्णय मान्न नसकिने दाबी गरे ।
आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै उनले आयोगको निर्णय स्थापित नजिरको विपरित रहेको टिप्पणी गरे ।
आयोगको निर्णयपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आयोगको उक्त निर्णयप्रति आफूहरु अदालत जाने समेत बताए ।
‘निर्वाचन आयोगको षड्यन्त्रपूर्ण निर्णय आएको छ । यो आयोगको स्थापित नजिर विपरीत गर्दछ । ‘यो अमान्य छ । संस्थापन पक्ष खारेज गर्छ । राजनीतिक वैधानिक र राजनीतिक लडाइँ लड्छौं । सेटिङ भएको भनिएका छन् । एक पक्षले दावी गरेको निर्णय आएको छ । बारेमा सभापति शेरबहादुर दउवाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत छ । निर्वाचन आयोगले आधिकारिक सभापति र केन्द्रीय समितिलाई एक पटक नबोलाई, निर्वाचन आयोगको निर्णय गर्ने प्रक्रियाको खिलापमा छ । पार्टी विधान र नियमावली विपरीत छ,’ उनले भने ।
त्यसो त आज दिउँसो पत्रकार सम्मेलनमा खड्काले आफूहरु अनुकुल निर्णय नआएमा देशभर आन्दोलन गर्ने घोषणा समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया