निर्वाचन आयोगले वैदेशिक हस्तक्षेपका आधारमा निर्णय गर्‍यो : महेश बस्नेत

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसबारे निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा समूहलाई कांग्रेसको आधिकारिकताको मान्यता दिएको छ । त्यसबारे प्रतिक्रिया दिँदै पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले आयोगको निर्णय लोकतन्त्र र विधिको शासनमाथिको नांगो हस्तक्षेप रहेको आरोप लगाए ।

साथै उनले निर्वाचन आयोग जस्तो संवैधानिक निकायले वैदेशिक हस्तक्षेपको नांगो नाच देखाएको टिप्पणी गरे ।

‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो । यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक–पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?