निर्वाचन आयोग अघि कांग्रेसको दुवै पक्ष आमनेसामने

लोकपथ
287
Shares

काठमाडौं । आधिकारिकता विवादपछि नेपाली कांग्रेसको दुवै पक्षका कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् ।

शुक्रबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगमा पुगेर आधिकारिकताको माग गरेको थियो । त्यसलगत्तै विशेष महाधिवेशनबाट निर्वाचित अर्का सभापति गगन थापा पक्ष आधिकारिकताको मागसहित आयोग पुगेको थियो ।

गगन पक्षका नेता कार्यकर्ताहरुले आयोग बाहिर धर्ना दिइरहेका बेला देउवा पक्षका नेता कार्यकर्ताहरु समेत आयोग पुगेका छन् ।

अहिले दुवै पक्षले आयोग अघि पार्टीको चुनाव चिह्न र पार्टीको चिह्न चारतारे झण्डा आफ्नो रहेको दाबी गर्दै नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?