काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गरेकी छन् ।
आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएकी उनले कांग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्वपूर्ण भएको बताएकी हुन् ।
उनले विधानको प्रक्रियालाई नै अनुशरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गरिन् ।
उनले कांग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्नुहुँदै महाधिवेशन प्रतिनिधिले केन्द्रिय समिति विघटन गर्न पाउने बताइन् ।
उनले आयोगलाई नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गरिन् ।
उनले भनिन्, ‘अहिले जुन कुराहरु अगाडी आईरहेको छ । हामीलाई लाग्छ, यो कुनै विवादको विषयवस्तु हुँदै होईन । यो विधानको विषयवस्तु हो । विधानको प्रक्रियालाई अनुसरण गरेर नेपाली कांग्रेसले आफ्नो विधिवत् ढंगबाट विशेष अधिवेशन गर्यो कि गरेन ? त्यो प्रश्न चाहीँ अहं विषयवस्तु हो । हाम्रो विधानले हाम्रो महाधिवेशन प्रतिनिधिलाई सार्वभौम शक्तिशाली संस्थाको रुपमा स्वीकार गरेको छ, हाम्रो विधानले । त्यो विधानभन्दा माथि कोही पनि छैन, नेतृत्व पनि छैन । महाधिवेशनभन्दा माथि न हाम्रो महासमिति छ, नत केन्द्रिय समिति छ, न केन्द्रिय कार्यसम्पादन समिति छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनबाटै केन्द्रीय कार्य समितिको चयन हुन्छ । महाधिवेशन प्रतिनिधिको प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसले जन्म दिन्छ, उसले विघटन पनि गर्न पाउँछ । यो सर्वमान्य सिद्धान्त हो, यसलाई सबैले स्वीर्कान पर्छ ।’
उनले महाधिवेशन प्रतिनिधि भन्दा माथि नेतृत्व, कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमिति वा महासमिति कोही पनि नहुने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया