एमालेभित्र पनि कांग्रेसजस्तै संकट ल्याउन खोजिएको थियो : अध्यक्ष ओली

लोकपथ
112
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसजस्तै गरी एमाले फुटाउन खोजिएको भए पनि त्यो प्रयास असफल भएको दाबी गरे ।

अध्यक्ष ओलीले पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेपछि एमाले अहिले एकजुट अवस्थामा रहेको बताए । समयमै महाधिवेशन गरेर पार्टीभित्र फैलाइएका हल्ला र भ्रम चिर्न सफल भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री हुँदा आफू सुत्नसमेत नभ्याएर सरकारको काममा तल्लिन रहेको स्मरण गर्दै उनले राजनीति सजिलो नभएको बताए । ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो, काम त्यसरी नै गर्नुपर्छ,‘उनले भने, ‘हामी सधैँ आक्रमण र विरोधको बिचमा थियौँ ।’

अध्यक्ष ओलीले कांग्रेसमा देखिएको जस्तो अवस्था एमालेमा पनि ल्याउन खोजिएको उल्लेख गरे । उनले पार्टीभित्र जबरजस्ती कारबाही र निष्कासनको प्रयास भएको तर त्यसबाट जोगिन महाधिवेशनमार्फत जनताले फैसला गर्ने अवसर दिइएको बताए ।

‘एक वर्षअघि नै महाधिवेशन गरेर पार्टीलाई निर्णयको बाटोमा लग्यौँ, ‘उनले भने, ‘महाधिवेशनले स्पष्ट फैसला दिएको छ र पार्टी जोगिएको छ ।’

अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने किसिमको भाष्य निर्माण गर्न नहुनेमा पनि जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?