पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, कति पुग्यो ?

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । घटाइएको मूल्य बिहीबार मध्यरात १२ बजेदेखि लागू गरिएको हो । 

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँले कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँमा बिक्री हुनेछ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?