काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आफूहरुमाथि भरोसा राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले कांग्रेसको विशेष महाधिवेशनको परिणाम पार्टीका सबै सदस्यहरुको इमान्दार प्रयत्नको साझा उपलब्धि रहेको बताए ।
आइतबारबाट सुरु भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
‘नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो। हामीमाथि भरोसा राख्नुहुने सबैप्रति कृतज्ञतासहित हार्दिक नमन,’ उनले भनेका छन् ।
थापा नेतृत्वको कार्यसमितिका पदाधिकारीले बिहीबार निर्वाचन आयोगमा पुगेर विशेष महाधिवेशनको वैधानिकताका लागि निवेदन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया