काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई लिखित र मौखिक रुपमा जानकारी गराएको छ ।
बिहीबार दिउँसो निर्वाचन आयोग पुगेर सभापति गगन थापासहित सम्पूर्ण पदाधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन् ।
साथै नयाँ आएको केन्द्रीय कार्यसमितिको बारेमा जानकारीसहित अध्यावधिकका लागि जानकारी गराएको हो ।
त्यस्तै आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै सभापति गगन थापाले आफूहरुले विशेष महाधिवेशनको वैधानिकता पाउनेमा ढुक्क रहेको दाबी गरेका छन् । पार्टीको विशेष महाधिवेशन नियमित प्रक्रिया रहेको भन्दै वैधानिकता नपाउने प्रश्न नहुने समेत जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया