सुरु भयो गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक

लोकपथ
427
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेटमा केही बेरअघि बैठक सुरु भएको हो ।

संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको थियो ।

नयाँ नेतृत्वको पहिलो बैठक भएकाले पार्टीको आगामी दिशा, संगठन व्यवस्थापन र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?