काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबार परेको उम्मेदवारी अनुसार सर्वसम्मत रुपमा गगनको नेतृत्वमा विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
जसअनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल रहेका छन् । यता महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
कांग्रेसका विधान अनुसार ८ जना सहमहामन्त्री रहने व्यवस्था रहेको छ । जस अनुसार डा. डिला संग्रौला पन्त, उदयशमशेर राणा, बहादुरसिंह लामा, फरमुल्लाह मन्सुर, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी, कर्णबहादुर बुढा रहेका छन् ।
आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
त्यसो त कांग्रेसका पूर्व उपसभापति रहेका गोपालमान श्रेष्ठ केन्द्रीय सदस्यमा पुरुषतर्फ पहिलो नम्बरमा रहेका छन् । संस्थापन पक्षका गोपालमानले शेरबहादुर देउवा क्याम्प छाडेर विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया