उदय शमशेर, बहादुरसिंहसहित यी हुन् कांग्रेसका ८ सहमहामन्त्रीहरु

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसको विधान अनुसार ८ सहमहामन्त्रीहरु सर्वसम्मत चयन भएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रुपमा ८ सहमहामन्त्रीहरु चयन गरेको हो ।

जसमा डा. डिला संग्रौला पन्त, उदयशमशेर राणा, बहादुरसिंह लामा, फरमुल्लाह मन्सुर, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी, कर्णबहादुर बुढा रहेका छन् ।

आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

जसमा सभापति गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । त्यस्तै महामन्त्रीहरुमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?