कांग्रेस विशेष महाधिवेशन : नेतृत्वसहित नयाँ कार्यसमितिको घोषणा हुँदै

लोकपथ
266
Shares

काठमाडौंँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्व घोषणा हुँदैछ ।

अहिले काठमाडौंको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलबाट नयाँ नेतृत्वसहित कार्यसमिति घोषणा हुन लागेको हो ।

त्यसको अन्तिम तयारी गरिए पनि निर्वाचन समिति हलमा प्रवेश गरेको छैन । निर्वाचन समितिका संयोजक सीताराम केसी हलमा प्रवेश गरेपछि घोषणा गरिनेछ ।

नयाँ नेतृत्व घोषणका लागि गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरु बन्दसत्रको हलभित्र प्रवेश गरिसकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?