कांग्रेसको फुटबारे के छ सरकारको धारणा ?

लोकपथ
2.2k
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कांग्रेसभित्रको घटनालाई गम्भीरतापूर्कक लिएको बताएका छन् ।

ठूलो लोकतान्त्रिक दल मानिएको कांग्रेसभित्रको विग्रहको अवस्थाले फागुन २१ को निर्वाचनमा असर गर्न सक्ने इंगित गर्दै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

बुधबार साँझ प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनुषाको जनकपुर पुगेका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरुको जिज्ञाशाका क्रममा सो कुरा बताएका हुन् ।

‘कांग्रेसभित्र घटेका घटना–परिघटनाबारे हामी जानकारी लिइरहेका छौँ । त्यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ गृहमन्त्री अर्यालले भने, ‘यसमा अहिले नै केही भन्नु उपयुक्त हुँदैन । तर पनि सरकार २१ फागुनमा चुनाव गराउन प्रतिबद्ध छ ।’

त्यस्तै केही समयअघि मधेशका केही जिल्लामा धार्मिक विषयलाई लिएर भएको घटनामा संलग्नहरुलाई कारबाही गरिने समेत उनले बताए । साथै सरकारले सबैपक्षसँग राम्रो सम्बन्ध बनाएर निर्वाचन गराउन कटिबद्ध रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?