रविलाई निर्वाचन लड्ने बाटो खुल्यो, निर्वाचित हुँदा पनि निलम्बन नहुने

लोकपथ
1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले विभिन्न जिल्ला अदालतहरुमा चलिरहेको रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । योसँगै लामिछानेले आगामी फागुन २१ को संसदीय निर्वाचन लड्न पाउनेछन् । साथै उनी निर्वाचन भए पनि निलम्बन नहुने कानुनी व्यवस्था रहेको छ ।

अब सहकारी ठगीको मात्रै कसुरमा मुद्दा चल्ने भएकाले उनी निर्वाचित भएको अवस्थामा पनि निलम्बन नहुने भएका हुन् ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा चुनावमा जिते पनि निलम्बन हुने कानुनी व्यवस्था रहेको थियो । लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै दुई मुद्दा फिर्ता लिन महान्यायाधीवक्ता कार्यालयमा निवेदन दिएका थिए ।

यद्यपि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा भने यथास्थितिमा नै चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?