आजको दिनमा कांग्रेसमा गगन–विश्वप्रकाश चाहिन्छ : मुमाराम खनाल

लोकपथ
245
Shares

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले कांग्रेस विभाजनको बाटोमा जानु दुखद रहेको बताएका छन् ।

कांग्रेसको संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेपछि सामाजिक सञ्जालमा लेख्दै सो प्रतिक्रिया जनाएका हुन् ।

लोकतान्त्रिक दल भएका कारण कांग्रेसले आफूलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउँदै उनले गगन–विश्वले पार्टी हाँक्न सक्ने क्षमता राख्ने दाबी गरे ।

‘जे हुन्छ, राम्रोको लागि नै हुन्छ’ भनेर नेपाली राजनैतिक इतिहास र कांग्रेसको विरासतलाई ‘सिर्जनात्मक विनिर्माण’ गर्नुबाहेक अर्को विकल्प छैन । र, सिर्जनात्मक विनिर्माणमा नचाँहिदो बोझ बोकेर बिस्तारै घिस्रिनुभन्दा बोझ फालेर फटाफट हिड्नु बुद्धिमानी हुन्छ । आजको मुलुकलाई घिस्रिने कांग्रेस होइन, गगन थापा र विश्वप्रकाश शर्माको गतिसँगै हिड्न सक्ने कांग्रेस चाहिएको हो,’ उनले भने ।

त्यस्तै हरेक राजनीतिक दलका मुख्य नेताहरुको कारण नै देशमा अहिलेको अवस्था र कांग्रेसका शीर्ष नेताहरुका कारण कांग्रेसमा यो अवस्था आएको टिप्पणी गरे ।

‘पार्टीका मुख्य नेताको अत्यन्त गलत राजनीतिक निर्णय, सांगठानिक गतिरोध र अराजनीतिक गठबन्धनको कारणले गर्दा मुलुक यस्तो अफ्ठेरो राजनीतिक चेपमा आइपुगेको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?