काठमाडौं । नेपाली कांग्रेसको संस्थापनबाट कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा पूर्व सभापति भएको घोषणा गरेका छन् ।
कारबाहीमा परेपछि भृकुटीमण्डपमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै थापाले अहिले पार्टी नफुटेको दाबी गर्दै आफूहरु महाधिवेशनको प्रक्रियामा रहेको समेत दाबी गरे ।
उनले देउवालाई पूर्वसभापति भन्दै हलले निर्णय गरेको कार्यसमिति लिएर देउवाकोमा आर्शिवाद लिन जाने समेत बताए ।
‘आज राति नेपाली कांग्रेसको विशेष महाधिवेशन सकिन्छ त्यसपछि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशिर्वाद लिन जान त जानु छँदैछ नि !,’ उनले भने ।
त्यस्तै महामन्त्री थापाले केहीबेरमा नयाँ कार्यसमिति आउने समेत बताए । साथै देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले आगामी दिनमा शिर ठाडो पारेर हिँड्ने वातावरण बनाउने समेत विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया