पार्टी फुटेको छैन, हामी अधिवेशनको क्रममा छौँ : गगन थापा

लोकपथ
504
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नफुटेको दाबी गरेका छन् ।

पार्टीको संस्थापनले आफूसहित अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेताहरुमाथि कारबाहीमा परेपछि भृकुटीमण्डपमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले पार्टी नफुटेको, अधिवेशनको क्रममा रहेको र विशेष महाधिवेशनको हलले जे गर्छ सोही निर्णय अनुसार अघि बढ्ने बताए ।

‘पार्टी फुटेको छैन, पार्टी यही हो । हामी अधिवेशनको क्रममा छौँ । हलले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्छाँै,’ उनले भनेका छन् ।

उनले नेपाली कांग्रेसको शीर्ष नेताहरु कसैलाई पनि कारबाही नगर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?