कारबाहीमा परेका बाहेक अन्य नेताहरुलाई नियमित काममा फर्किन कांग्रेस संस्थापनको आह्वान

लोकपथ
511
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले कारबाहीमा परेकाबाहेक अन्य नेता कार्यकर्ताहरुलाई नियमित काममा फर्किन पार्टीको संस्थापनले आग्रह गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सो कुरा बताएका हुन् ।

उनले कारबाहीमा परेका भन्दा बाहेक अन्य नेताहरुलाई विचलित नभइ काममा फर्किन आह्वान गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?