१५औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्ने कांग्रेसको निर्णय

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकले यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय अनुसार वैशाख अन्तिम साता हुने गरी गरिएको नियमित महाधिवेशनको प्रस्ताव अनुमोदन गरेको हो ।

उक्त निर्णयमा असहमत बनेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आइतबारबाट भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी २०८३ वैशाख २८,२९,३० र ३१ गते पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?