काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमतिमा महाधिवेशनको कार्यतालिका ल्याएर अन्तिममा महामन्त्रीद्वयले धोका दिएको आरोप लगाएका छन् ।
केहीबेरअघि सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै सो कुरा बताएका हुन् ।
सहमतिमा कार्यतालिका ल्याएर महामन्त्रीहरुले धोका दिए,’ बैठकमा खड्काले भने ।
त्यसो त यसअघिको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनलाई अवैधानिक भनेको बताउँदै महामन्त्रीहरुले अवैधानिक काम गरेको समेत उनको आरोप रहेको छ ।
त्यसो त यसअघि वैशाखको अन्तिम साता गर्ने गरी कार्यसम्पादन समितिले गर्ने गरेको निर्णय समेत आजको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८,२९,३० र ३१ गते कांग्रेसको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
अहिले पार्टीभित्रको विवाद मिलाउन संस्थापन पक्षबाट वार्ता मिलाउन सक्रिय रहेका रमेश लेखकले बैठकमा ब्रिफिङ गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया