काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) ले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
जनता समाजवादी पार्टी (नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकीकरण भएपछि विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिइएको हो ।
गत आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरबिच पार्टी एकीकरण सम्झौता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया