काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा पुगेका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै कार्यवाहक सभापति खड्काले पार्टी फुट्न लागेको बताएका हुन् ।
सभापति शेरबहादुर देउवा अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले विशेष महाधिवेशनमा मनोनयन प्रक्रिया नै अघि बढाइसकेको र दुवै महामन्त्रीले कुरै नसुनेकाले पार्टी अब फुटतर्फ गएको खड्काको भनाइ थियो । उनले अब बैठक हिजोको जसरी नरोकिने भन्दै थप आवश्यक कदम केन्द्रीय कार्य समितिले चाल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया