बालुवाटार घेर्न आव्हान गर्ने निर्देश सेढाई पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेर्न आव्हान गर्ने निर्देश सेढाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सेढाईलाई पक्राउ गरेको हो ।

सेढाईले एसएमएस सेवा प्रदायकबाट विभिन्न व्यक्तिहरूलाई सन्देश पठाई पुस ३० गते मध्यान्ह १२ बजे बालुवाटार घेर्न जान आव्हान गरेका थिए ।

सेढाईको सन्देशमा प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजासहितको सनातनी हिन्दु अधिराज्य बनाउनका लागि आव्हान गरिएको थियो ।

सेढाईले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने कार्य गरेको र संविधान विपरीतको कार्य भएको भन्दै कार्यालयले बुधबार बिहानै पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनीमाथि सार्वजनिक शान्तिमा खलल पुराएको कसुरमा अनुसन्धान हुनेछ ।

त्यसबाहेक संविधानमा उल्लेख भएको भन्दा विपरीत कार्य नेपाल टेलिकमको गेटवे प्रयोग गरी कसरी सन्देश प्रसारित भयो र त्यसका लागि अनुमति लिइयो कि लिइएन भन्ने सम्बन्धमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?