काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १५ सय रुपैयाँले बढेर २ लाख ७८ हजार कायम भएको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया