कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

लोकपथ
581
Shares

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेको छ । 

पार्टीको पुरानै विधानअनुसार विशेष महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदका लागि निर्वाचन हुने व्यवस्था गरिएको छ ।

विशेष महाधिवेशन सचिवालयका अनुसार १४औँ महाधिवेशनमा प्रारम्भमा ४ हजार ७४३ मतदाता रहेका थिए । तर, निधन भएका र अन्य पार्टीमा प्रवेश गरेका प्रतिनिधिहरू बाहेक हाल ४ हजार ६३५ महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् ।

उम्मेदवारहरूको मनोनयन प्रक्रिया सुरु भएसँगै पार्टी भित्र आन्तरिक राजनीतिक गतिविधि तीव्र भएको छ र आगामी निर्वाचन परिणामले कांग्रेसको नेतृत्व संरचना निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?