कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

लोकपथ
294
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको पार्टीले जनाएको छ ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधर नेताहरूबिच मंगलबार दिनभर चलेको वार्ताका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो । दुवै पक्षबिच छलफल जारी रहेकाले बैठक नियमित रूपमा अघि बढ्न नसकेको हो ।

यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन जारी रहेकाले उनीहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने बताउँदै आएका छन् । उनीहरूको अनुपस्थितिले बैठकको निर्णय प्रक्रियामा प्रभाव पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?